skip to Main Content
नेपाल सरकार र एनआरएनएबीच ब्यापार र लगानी सम्बन्धि एक समझदारी

गैर-आवासीय नेपाली संघ र नेपाल सरकारको उद्योग मन्त्रालयबीच ब्यापार र लगानी सम्बन्धि एक समझदारी भएको छ ।

हिजो साँझ अल्डरशटमा एनआरएनए यूकेद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका तर्फबाट उद्योगमन्त्री नबिन्द्र राज जोशी र गैर-आवासीय नेपाली संघको तर्फबाट युरोप संयोजक कुल आचार्यले उक्त समझदारीपत्र सार्बजनिक गरेका हुन् ।

उद्योगमन्त्री नबिन्द्र राज जोशी र नेकपा माओवादी (केन्द्र) पार्टीका उपाध्यक्ष एबं पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठसंगको अन्तरक्रिया कार्यक्रममा दुई पक्षबीच भएको उक्त समझदारी अनुसार दुबै पक्षद्धारा युरोपमा नेपाली सामानहरुको प्रवद्र्धन गरिनेछ भने नेपालमा गैर-आवासीय नेपालीहरुको लगानीलाई अरु प्रोत्साहित गरिनेछ ।

यस कार्यलाई शुरु गर्न उद्योग मन्त्रालय र एनआरएनएबाट एक/एक जना संयोजक तोकिने कुरा एनआरएनए युरोप संयोजक कुल आचार्यले बताए ।

उक्त समझदारीपत्र प्रस्तुतिको क्षणलाई पनि भिडियोमा कैद गरिएको थियो ।

प्रवक्ता

error: Content is protected !!
Back To Top