Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए यूकेले वंशजको नागरिकता आन्दोलन चर्काउने, ११ जुनमा अन्तरक्रिया NRNAUK skip to Main Content
एनआरएनए यूकेले वंशजको नागरिकता आन्दोलन चर्काउने, ११ जुनमा अन्तरक्रिया

एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन चर्काउने भएको छ ।

यही मुद्दामा अन्तरक्रिया गर्न एनआरएनए यूकेले आउंदो ११ जुन आइतबार दिउसो १.३० बजे आफ्नै कार्यालयमा बेलायतस्थित प्रवुद्ध वर्ग र कानूनविदहरुसंग एक वहस राखेको छ ।

त्यस दिनको निचोडसहित नेपाल सरकारलाई ज्ञापनपत्र दिन एक प्रतिनिधिमण्डल नेपाल समेत जाने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए ।

उक्त अन्तरक्रियामा अब वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई प्रभावकारी बनाउन के गर्नुपर्ला? राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध जान हामीलाई के कस्ता कानूनी उपाय छन्? आदि विषयमा वहस हुने बताइएको छ ।

कार्यक्रममा बेलायतका प्रवुद्ध वर्ग, कानूनविद, भूतपूर्व गोर्खा अभियन्ताबाहेक नेपालमा विधेयक प्रमाणीकरणविरुद्ध अदालतमा रिट दायर गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने समेत जुममार्फत जोडिने एनआरएनए यूकेले जनाएको छ ।

‘राष्ट्रपतिबाट प्रमाणीकरण भएपनि राजपत्रमा प्रकाशित हुन ९१ दिन लाग्ने र यस प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन परेकाले हामीहरु सबै एकजुट भएर राष्ट्रपति र नेपाल सरकारको कदमको प्रतिवाद गर्न तड्कारो आवश्यकता छ’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने, ‘हामी कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछौं ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार संसद् छलेर असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

 

error: Content is protected !!
Back To Top