Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए यूके एकता अधिवेशनमा डा. शेष घले र वरिष्ठ अधिवक्ता न्यौपाने आउने NRNAUK skip to Main Content

अल्डरसट (यूके)– गैरआवासीय नेपाली संघ (एनआरएनए)  यूकेले सम्मानित सर्वोच्च अदालतको गत २१ चैतको आदेशअनुसार एनआरएनए यूकेको एकता अधिवेशन आयोजना गर्न लागेको छ।

उच्चस्तरीय समितिले काठमाडौंमा आगामी ३-५, २०२५ मा अन्तर्राष्ट्रिय महासभा आयोजना गर्ने घोषणा गरेकोले त्यसैसँग मेल खाने गरी एनआरएनए यूके एकता अधिवेशन गर्न लागिएको हो।

एकता अधिवेशन नेपाली समुदायका प्रमुख मुद्दाहरू विशेष गरी  वंशजको नेपाली नागरिकताको निरन्तरता र प्रवासी नेपालीहरूले सामना गरिरहेका अन्य ज्वलन्त विषयहरूमा केन्द्रित रहनेछ।

“हामी सम्मानपूर्वक पूर्व एनआरएनए अध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेलाई प्रमुख अतिथिको रूपमा बेलायतमा स्वागत गर्न चाहन्छौं । उक्त अधिवेशनमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र उच्चस्तरीय समिति सदस्यहरूको उपस्थिति रहनेछ। उहाँहरुको अनुभव र योगदानले एनआरएनए अभियानको भावी दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ,” एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने।

यस महत्वपूर्ण भेलामा व्यापक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न यूकेमा बसोबास गर्ने सबै नेपालीलाई उपस्थित हुन एनआरएनए यूकेले हार्दिक अनुरोध गरेको छ ।

साथै, व्यक्तिगत तथा संस्थागत रूपमा nrnauk.org/unity-convention मार्फत एनआरएनए यूके महासभाका लागि दर्ता गर्न सकिनेछ। निःशुल्क नयाँ सदस्यता दर्ताको अन्तिम मिति २३ मार्च २०२५ छ ।

“हामी तपाईंहरूलाई एनआरएनए यूके एकता महासभा २०२५ मा स्वागत गर्न प्रतीक्षारत छौं, साथै एकताबद्ध तथा सशक्त प्रवासी नेपाली समुदाय निर्माणमा सहकार्य गर्न तत्पर छौं। तपाईंहरूको सहभागिता नेपाली समुदायको एकता सुदृढ गर्न तथा सामूहिक हित सम्बोधन गर्न महत्वपूर्ण हुने हाम्रो विश्वास छ,” अध्यक्ष गाहा मगरले भने ।

कार्यक्रम विवरण:

📅मिति: आइतबार, २३ मार्च २०२५

⏰समय: दिउँसो १३:३० – मध्यरात ००:३०

📍स्थान: प्यालेस ब्याङ्क्वेटिङ हल, ३५ स्टेशन रोड, अल्डरसट, GU11 1BA

🎤कार्यक्रम: एनआरएनए यूके एकता वार्षिक साधारणसभा (एजीएम) तथा अन्तरक्रिया

error: Content is protected !!
Back To Top