Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए यूकेको टोलीलाई नर्दन आयरल्याण्डमा स्वागत NRNAUK skip to Main Content
एनआरएनए यूकेको टोलीलाई नर्दन आयरल्याण्डमा स्वागत
  • शिव भण्डारी

बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको टोलीलाई नर्दन आयरल्याण्ड स्वागत गरिएको छ ।

नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरे, अब्डन आचार्य, खगराज कँडेललगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे ।

बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य समन्वय परिषद गठन गर्न लागिएको छ । एनआरएन यूकेका महासचिव आर के त्रिपाठी नेतृत्वको टोली अहिले बेलफास्टमा आइपुगेको छ । टोलीमा एनआरएन यूकेका उपाध्यक्ष, ललित न्यौपाने महासचिव आरके त्रिपाठी, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सल्लाहकार नरेन्द्र कँडेल, खेम पौडेल प्रभू न्यौपानेलगायत छन् ।

कार्यक्रमका लागि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी नेतृत्वको टोली आइतबार नर्दन आयरल्याण्ड आउने कार्यक्रम छ । टोलीमा आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन यूकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहामगर, शिव कँडेललगायत छन् ।

कार्यक्रममा एनआरएन डेनमार्क र स्वीडेनका पदाधिकारी पनि सहभागी हुने एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले जानकारी दिए ।

error: Content is protected !!
Back To Top