Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
फेब्रुअरी ११ तारिख गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले नर्दन आयरल्याण्डमा आफ्नो राज्य समन्वय परिषदको गठन NRNAUK skip to Main Content
फेब्रुअरी ११ तारिख  गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले नर्दन आयरल्याण्डमा आफ्नो राज्य समन्वय परिषदको गठन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले नर्दन आयरल्याण्डमा आफ्नो राज्य समन्वय परिषदको गठन यहि फेब्रुअरी ११ तारिख आइतबार गर्ने भएको छ । बेलफास्टमा एक कार्यक्रमको आयोजना गरी परिषद गठन गर्ने तयारी गरिएको छ

नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीसंगको सहकार्यमा राज्य समन्वय परिषद गठन गर्न लागिएको एनआरएन यूकेले जनाएको छ ।

सो कार्यक्रमको लागि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी नेतृत्वको टोली नर्दन आयरल्याण्ड जाने भएको छ । आइसिसी उपाध्यक्ष कुल आचार्यदेखि एनआरएन यूकेका उपाध्यक्षहरु पुनम गुरुंग, शेर सुनार, सुशिला राई,ललित न्यौपाने र प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सदस्यहरु राजन खकुरेल, शिव कंडेललगायत नर्दन आयरल्याण्ड जाने तय भइसकेको छ ।

नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीका अध्यक्ष लिलाराम निउरेले एनआरएन यूकेको राज्य समन्वय परिषद गठनका लागि एनआरएन यूकेको टोलीलाई स्वागत गर्न नर्दन आयरल्याण्डवासी नेपालीहरु आतुर रहेको बताएका छन् ।

स्थानीय एनआरएन अगुवा नारायण कंडेलले १४ वर्षमा पहिलोपटक एनआरएन यूके नर्दन आयरल्याण्डमा विस्तार हुन लागेकोमा खुशी व्यक्त गर्दै उपस्थितिका लागि सम्पुर्ण नर्दन आयरल्याण्डवासी नेपालीलाई आव्हान गरेका छन् ।

एनआरएन यूके राज्य समन्वय विभागका संयोजक तथा उपाध्यक्ष ललित न्यौपानेले नर्दन आयरल्याण्डपछि वेल्स र स्कटल्याण्डमा पनि परिषद गठन गरिने जानकारी दिए ।

एनआरएन यूके महासचिव आरके त्रिपाठीले क्षेत्रियतामा जाने एनआरएन यूकेको स्थापनाकालदेखिकै अवधारणाले पहिलोपटक मुर्त रुप पाउन लागेको बताए । महासचिव त्रिपाठीले राज्य परिषद गठनको कार्यक्रममा सहभागी हुन सम्पुर्ण स्थानीय नेपालीहरुलाई आव्हान गर्दै बेलायतका हरेक कुनामा रहेका नेपालीहरुसम्म पुग्ने एनआरएन यूकेको अभियान रहेको जनाए

error: Content is protected !!
Back To Top