Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
नर्दन आयरल्याण्डमा एनआरएनए गठन, अध्यक्षमा निउरे सर्वसम्मत NRNAUK skip to Main Content
नर्दन आयरल्याण्डमा एनआरएनए गठन, अध्यक्षमा निउरे सर्वसम्मत
  • शिव भण्डारी

बेलफास्ट (नर्दन आयरल्याण्ड)– नर्दन आयरल्याण्डमा गैरआवासीय नेपाली संघ (एनआरएन) राज्य समन्वय परिषद् गठन भएको छ ।

एनआरएनए अगुवा लिलाराम निउरेको अध्यक्षतमा सर्वसम्मत नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद् गठन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण कुँवर, सचिवमा अब्जन आचार्य, सहसचिवमा हुकुम केसी, कोषाध्यक्षमा गोमा खड्का र सहकोषाध्यक्षमा सुमित्रा कँडेल चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मण चिमौरिया, भूमिश्वर सापकोटा, सविन पाण्डे, लक्ष्मण निउरे, बलराम कँडेल, तेज रेग्मी र निर्जल अधिकारी चयन भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) संयुक्त अधियारज्य, राज्य समन्वय समितिको परिमार्जित विधानको दफा २८ बमोजिम सबै पदहरुमा एकमात्र उम्मेदवारी परेकाले सबैलाई निर्विरोध निर्वाचित गरिएको हो ।

एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यतामा बेलफास्टमा आइतबार भएको भेलाले एनआरएनए गठन गरेको हो । कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु प्रेम गाहा मगर, शेर सुनार र ललित न्यौपाने, महासचिव राजकुमार त्रिपाठी, पूर्वआईसीसी सदस्य थर्क सेन, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सल्लाहकार नरेन्द्र कँडेल, सदस्यहरु शिव कँडेल,डा. दिलीपकुमार यादव, खेम पौडेल, प्रभू न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

आयुष्मा कँडेलले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व लिलाराम निउरेले गरेका थिए । कार्यक्रममा अतिथिलाई नर्दन आयरल्यान्ड नेपाली समाजका संस्थापक अध्यक्ष नारायण कुँवरले स्वागत गरेका थिए । कार्यक्रममा जागृति महिला समूहकी जुना निउरे, विकास चुँडाल, गंगा राना तथा आईसीसी सदस्य थर्क सेन, एनआरएन यूकेका उपाध्यक्ष शेर सुनार, सदस्य दयानिधि सापकोटा आयरल्यान्डका सुक्रराज न्यौपानेले सम्बोधन गरेका थिए ।

नर्दन आयरल्याण्ड बसोबास गर्ने एनआरएन यूकेका सल्लाहकार नारायण कँडेलको विशेष पहलमा भेला भएको थियो । भेलालाई सम्बोधन गर्दै  कँडेलले एनआरए यूकेले १४ वर्षमा एेतिहासिक काम गरेको बताए ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमले गरेको थियो ।

error: Content is protected !!
Back To Top