Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता  भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम भब्य रुपमा सम्पन्न NRNAUK skip to Main Content
गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता  भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम भब्य रुपमा सम्पन्न

गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता  भएकाहरुको सहयोगार्थ च्यारिटी कोष संकलनका लागि  एक च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

गत सेप्टेम्बर १ तारिक  शनिबारका दिन  बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा बेलायत स्थित गैर आवासीय नेपाली समुदाय लगायत देश विदेशबाट आउने पाहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बेलायतका लागि नेपालका  राजदुत  डा दुर्गा बहादुर सुबेदीको आथित्यमा सम्पन्न  अपाङ्गता  भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रममा  एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र शिव थजाली, कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरी, नेत्र राना, अलिशा लामा सुची राइ, बिनाका पुन  लगायतले आफ्ना विशेष प्रस्तुति दिएका थिए  भने  पूर्व  मिस युके नेपाल गौमाया गुरुङ कारक्रम संचालन गरेका थिए ।

त्यस अवसरमा हरि बुढा मगर र विनोद बुढाथोकीले आफ्नो जीवन अनुभवबारे मन्तव्य पनि राखेका थिए ।

गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष प्रेम गाहा मगरको सम्योजकत्वमा  सम्पन्न कार्यक्रममा बेलायत स्थित संघ-संस्थाका प्रतिनिधिहरु , स्थानीय काउन्सिलरहरु लगायतको उपस्थिति रहेको थियो ।

काम गर्न र समाजमा योगदान गर्न सपाङ्गहरु भन्दा अपाङ्गहरु अग्र पन्ग्तिमा रहेको भन्दै सपाङ्ग भएर पनि केहि गर्न नसक्ने कसैले राम्रो काम गरेको पनि निरुत्साहित गर्दै हिड्नेहरुमात्र समाजका अपाङ्ग हुन् भन्दै उपस्थित अपाङ्ग कलाकारहरुको हौसला बढाउँदै कार्यक्रमको उदेस्य नै अपाङ्गहरु पनि हरेक कुरामा सबल रहेको संदेश दिनु रहेको कार्यक्रम संयोजक गाहा मगरले  प्रस्ट पारे ।

अपाङ्गता भएकाहरुको सहयोगार्थ कार्यक्रमले सहयोग रासी जम्मा पार्ने काम मात्र नभई अन्य शारीरिक रुपले सबलहरुलाईपनि  हौसला र प्रेरणा दिने काम गरेको  भन्दै यस्तो महान कार्यको लागि गैर आवासीय नेपाली संघ बेलायत सराहनीय र धन्यवादको पात्र रहेको र सम्पूर्ण उपस्थिति हुनु भएका नेपाली समुदाय, संघ-संस्थाका प्रतिनिधिहरु, कलाकार साथीहरु, प्रत्यक्ष्य तथा अप्रत्क्ष्य सहयोग गर्नु हुने  सम्पूर्ण साथीहरुलाइ कार्यक्रम संयोजक तथा गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष प्रेम गाहा मगर ज्युले धन्यवाद प्रकट गरे ।

यस कार्यक्रम लाइ ब्रुनाई बाट सेकन्ड गोर्खा राइफल बाट  एनआरएन युके को  भू पु युवा संयोजक रिचार्ड गुरुङ, नेपाली युबा समूह का अध्यक्ष्य धिरज राई,  एनआरएन युके को  युवा संयोजक कुमार राना, एल बि जेड गुरुङ,  मगर संघ आमा समूह का अध्यक्ष्य छबि पुन साथै वहाको समूह ले बिशेष सहयोग गर्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योग कुमार फगामीले अपाङ्गहरु शारीरिक रुपले अपाङ्ग भएता पनि मनोबल र इच्छा शक्तिले अपाङ्ग नहुने भन्ने बेजोडशन्देश दिन कार्यक्रम सफल भएको भन्दै उपस्थिती जनाउने तथा कार्यक्रममा सहयोग सबैमा धन्यवाद ब्यक्त गरे ।

error: Content is protected !!
Back To Top