Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएन यूकेले २ सय ९३ सल्लाहकारको सम्मान ‘होटल भिलेजमा’ गर्ने NRNAUK skip to Main Content
एनआरएन यूकेले २ सय ९३ सल्लाहकारको सम्मान ‘होटल भिलेजमा’ गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार परिषदको पहिलो ऐतिहासिक बैठक औपचारिक रुपमा गर्ने निर्णय गरेको छ ।

फार्नबोरोस्थित होटल भिलेजमा यहि १८ फेब्रुअरी आइतबार बिहान ११. ३० बजे देखि कार्यक्रम तय भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, एनआरएनए यूकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएनए अभियन्ताबीच एक परिचयात्मक कार्यक्रमका साथै सल्लाहकारहरुलाई औपचारिक सम्मान तथा सल्लाहकारहरुबाट संस्थाको गरिमा उंचो बनाउन सुझाव र सल्लाह लिने कार्यक्रम तय गरिएको छ ।

एनआरएनए यूकेको यस कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुति एवं समिक्षा, आगामी दिनमा हुने कार्यक्रमको जानकारी प्रदान गर्नुका साथै सो बैठकमा प्राप्त सल्लाहकारहरुको सुझाव तथा सल्लाहलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनीतिहरु तय गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ

संघले एनआरएनए यूकेका सम्पूर्ण संरक्षक, सल्लाहकारहरु, एनआरएन अभियन्ता तथा पदाधिकारीसमक्ष यसै सार्वजनिक सूचनालाई निमन्त्रणा स्वीकारी अभियानमा साथ दिन अनुरोध गरेको छ । फार्नबोरोस्थित होटल भिलेजमा ब्यवस्थापकीय एवं दिवा भोज प्रवन्धका लागि होटल ब्यवस्थापनलाई अग्रीम जानकारी दिनुपर्ने भएको जनाउंदै संघले फेब्रुअरी ११ तारिखसम्म उपस्थित तथा असमर्थताको जानकारी गराउन समेत अनुरोध गरेको छ । सोका लागि मोबाइल नम्बर ०७७८७१९३९२८, ०७५७८५७१४७८ वा इमेल- yog6798phagami@gmail.com प्रदान गरिएको छ । कार्यक्रमको थप जानकारीका लागि कार्यसमितिका पदाधिकारीहरु वा अध्यक्ष योगकुमार फगामीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ

error: Content is protected !!
Back To Top