Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
लन्डन–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न एनआरएन युकेको माग NRNAUK skip to Main Content
लन्डन–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न एनआरएन युकेको माग

गैर आवासीय नेपाली संघ युकेको एक प्रतिनिधिमण्डलले बेलायतको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लन्डन–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न माग गरेको छ ।

एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिस सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसँग उच्चस्तरीय वार्ता टोली बनाउन पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उनीहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गरे । त्यस्तै उनले गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गरे ।

सो कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य गरिरहेको बताए । उनले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गरे ।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसँग जोडीराख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गरे ।

सोहि अवसरमा एनआरएन युकेले प्रधानमन्त्री ओलीलाई उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाट नागरिक अभिनन्दन गरेको थियो ।

मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा उक्त अभिनन्दनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।

भेटघाट कार्यक्रममा एनआरएन युकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आइसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सारंगकोटी, संगीता मरहठ्ठा लगायतको सहभागिता थियो । उक्त समारोहमा एनआरएन युकेले प्रधानमन्त्रीलाई मायाको चिनो स्वरुप एनआरएन युकेको ब्याच लगाइदिएको थियो ।

error: Content is protected !!
Back To Top