Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
यूकेबासी नेपालीलाई एनआरएन यूकेले गर्यो अपील जुलाई २९ मा लर्ड्स जान NRNAUK skip to Main Content
यूकेबासी नेपालीलाई एनआरएन यूकेले गर्यो अपील जुलाई २९ मा लर्ड्स जान

लण्डन । आगामी जुलाई २९ मा लर्ड्समा हुने नेपालको क्रिकेट खेल सफल पार्न एनआरएन यूकेले आव्हान गरेको छ । महासचिव आरके त्रिपाठीले एक वक्तव्य जारी गर्दै लर्ड्स पुगेर नेपाली खेलाडीको मनोबल उचो बनाउन अपील गरेका छन् । जुलाई २९ मा लण्डनको लर्ड्स क्रिकेट मैदानमा उपस्थित भएर नेपाली खेलाडीलाई सम्मान दिन एनआरएनले बेलायतबासी नेपालीहरुलाई आग्रह गरेको छ ।

नेपाली खेलाडीहरुले विश्वका जुनसुकै ठाउंमा पुगेर खेल्दा पनि नेपालको प्रतिनिधित्व गर्दै देशको गौरव बढाएका छन्, वक्तव्यमा भनिएको छ । पछिल्ला केहि वर्षमा खेलाडीहरुको अथक मेहनत र समर्थकहरुको साथबाट नेपाली क्रिकेटले ठूलो फड्को मारेको उल्लेख गर्दै अहिले नेपाल क्रिकेटका लागि विश्वमै उत्कृष्ट देशहरुमध्येको एक बन्न सफल भएको वक्तव्यमा उल्लेख छ ।
दुई वर्षअघि लडर््समा नेपालले खेलेको पहिलो खेलमा सहभागिताका लागि बेलायतबासी नेपालीहरुलाई धन्यवाद दिदै पुनः एकपटक जुलाई २९ मा पनि सहभागिताको लागि एनआरएन यूकेले आग्रह गरेको छ ।
जुलाई २९ मा नेपालले नेदरल्याण्ड र एमसिसी क्लबसंग मैत्रीपुर्ण त्रिकोणात्मक क्रिकेट खेल्दैछ । 
error: Content is protected !!
Back To Top