Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई दुई थान अक्सिजन मेसिन सहयोग NRNAUK skip to Main Content
एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई दुई थान अक्सिजन मेसिन सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कर्णाली प्रदेश सरकारलाई दुई थान अक्सिजन कन्सट्रेट मेसिन हस्तान्तरण गरेको छ ।

कोरोनाको कहरमा एनआरएनए युकेले सातै प्रदेशलाई अक्सिजन मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेश सरकारलाई मेसिन हस्तान्तरण गरिएको हो ।

एनआरएए युकेको तर्फबाट नागरिकखबर डटकमका प्रधानसम्पादक डण्ड गुरुङले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मालाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

कोरोनाको कहर र बाढी पहिरोका कारण प्रदेश–प्रदेशमा मेसिन पुर्याउन नसकिरहेको बेला एनआरएएन युकेका प्रमुख संरक्षक मे.(रि) डमर घले र अध्यक्ष पुनम गुरुको आग्रहमा नागरिकखबर डटकमका प्रधानसम्पादक गुरुङले समन्वय गरी मेसिन हस्तान्तरण गरेका हुन् ।

दुई थान अक्सिजन मेसिन बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार शर्माले कोरोनाको महामारीमा एनआरएनए युकेको तर्फबाट अक्सिजन मेसिन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि सहयोग आदानप्रदान भइरहने विश्वास व्यक्त गरे ।

यसअघि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एनआरएनए युकेका प्रमुख संरक्षक घलेले दुई थान मेसिन हस्तान्तरण गरिसकेका छन् ।

अन्य प्रदेशमा समन्वय मेसिन हस्तान्तरणका लागि आवश्यक समन्वय भइरहेको छ ।

error: Content is protected !!
Back To Top