Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
साउथईस्ट लन्डनमा कंडेल समुहद्वारा एनआरएन यूकेलाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण NRNAUK skip to Main Content
साउथईस्ट लन्डनमा कंडेल समुहद्वारा एनआरएन यूकेलाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण

गैर आवासीय नेपाली संघले संचालन गरेको कोभिड -१९ सहयोग अभियानमा बेलायतमा व्यवसायरत  कंडेल समुह द्वारा संचालित फार्मेसीले स्वास्थ्य सामग्री हरु हस्तारण गरेको छ । गैर आवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको उपस्थितीमा फार्मेसी द्वारा प्रदान गरिएको मास्क सेनिटाईजर र पन्जा लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

एनआरएन लाई प्रदान गरिएको सहयोगको पहिलो चरण अन्तर्गत प्रति ब्याग  ५ पाउण्ड मूल्य बरावरका २५० घर परिवारलाई पुग्ने सामानहरु हस्तान्तरण गरिएको छ । यस अघि कंडेल समुह र एनआरएन यूके बिच २५ सय पाउण्ड बरावरको सामग्री हस्तान्तरण गर्ने सहमति भएको थियो ।

स्वास्थ्य सामग्री ग्रहण तथा वितरणका  प्याकेज तयार गर्नको लागि साउथईस्ट लन्डनका एनआरएन अभियान्ता तथा समाजसेवीहरु कंडेल समूह द्वारा संचालित वुल्विच फार्मेसीमा  पुगेका थिए । व्यवसायी राजन कंडेल द्वारा प्रदान गरिएको सामाग्री एनआरएन यूकेका महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट, इंगल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठ , सदस्य द्वय ह्यारी गुरुङ र प्रकाश कंडेल लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो  ।

त्यसैगरी आजैबाट वितरण गर्न शुरु गरिएको उक्त सामग्रीको प्याकेजिंग तथा वितरणको लागि एनआरएन यूके संरक्षक तथा पूर्व अध्यक्ष महेन्द्र कंडेल, आईसीसी मानार्थ सदस्य बिनोद ज्ञवाली, सल्लाहकार जीवन सेन, शुसिल प्रजापति, सल्लाहकार तथा पशुपति मन्दिरका अध्यक्ष नरेन्द्र कंडेल, र  एनआरएन बिजिनेस विभाग सचिव पुण्य रेग्मी  लगायतले स्वयंसेवा गरेका थिए ।

सहयोगमा प्राप्त स्वास्थ्य सामग्रीहरु आजै प्याकेजिंग गरी वितरण शुरु गरिएको जानकारी एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन । एनआरएन का  १ दर्जन स्वयंसेवकहरु मार्फत झन्डै ६० घरपरिवारलाई आजै उपरोक्त सामाग्रीहरु वितरण गरिएको र बाँकी निरन्तर रुपमा वितरण गरिने जानकारी भट्टराईले दिएका छन ।

कंडेल समुहका तर्फबाट डाइरेक्टर राजन कंडेलले एनआरएन यूकेलाई प्रदान गरिएको सामग्री वितरणमा खट्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन । साथै उनले एनआरएन यूकेको यो अभियानमा सहयोग प्रदान गर्न  पाउँदा आफुहरुलाई खुसी लागेको बताए ।

कोरोना प्रभावको कारण प्रभावित भएका बिशेषत वृद्दवृद्दा हरुको उपयोगको लागि स्वास्थ्य सामग्रीहरु प्रदान गरेकोमा एनआरएन यूकेले कंडेल समुहलाई धन्यवाद ज्ञापन  गरेको छ । एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले सहयोगको लागि धन्यवाद ज्ञापन गरेकी छन ।

यसैगरी एनआरएन यूके कोभिड अभियानका सहयोग संकलन संयोजक दिपक श्रेष्ठले अन्य व्यवसायी, संघ संस्था तथा व्यवसायीहरुलाई एनआरएन को अभियानमा योगदान पुर्याउन आव्हान गरेका छन ।

एनआरएन यूकेका अनुसार  अनुसार देशव्यापी रुपमा स्वास्थ्य  सामग्रीहरु वितरण शुरु भईसकेको छ  । जस अन्तर्गत एनआरएनले झन्डै ३ हजार मास्क लगायतका सामग्रीहरु वितरण प्रक्रियामा रहेको जानकारी एनआरएन ले उपलब्ध गराएको छ । साथै यस्ता सामग्रीको खाँचोमा रहेका विशेषत अवकाश प्राप्त वृद्दवृद्दा हरुको सुचना उपलब्ध गराउन समेत एनआरएन यूकेले आवाहन गरेको छ ।

एनआरएन यूकेले कोभिड-१९ को प्रभावका कारण समस्यामा परेका विद्यार्थीहरु लाई समेत खाद्यान्न लगायत अति आवश्यक सामग्रीहरु घरमै डेलिभरी गर्दै आइरहेको छ । एनआरएन यूके हेल्प लाईन संयोजक जीत रानाभाटका अनुसार अहिलेसम्म ४० जना भन्दा बढी  बिद्यार्थीहरुलाई खाद्यान्न र  ५०० भन्दा बढी परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । एनआरएन यूकेले बेलायतमा कोरोनाको कारण मृत्यु भएका ३ जनाको परिवारलाई आर्थिक सहयोग गरिसकिएको र बाँकी ३ जना मृतकका परिवारले सहयोगको लागि सम्पर्क गरेको जनाएको छ ।

error: Content is protected !!
Back To Top