skip to Main Content
एनआरएनए युके र नेपाली दूतावासको पहलमा बेलायतमा रोकिएका नेपालीहरु २४ र २६ जुनमा नेपाल फर्कदै

लण्डन। कोरोना भाइरसका कारण लामो समय देखि वेलायतमा लकडाउनमा परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाट खुलेको छ। नेपाली दूतावास लण्डनका अनुसार जुन २४ र २६ का दिन दुई वटा चार्टर विमानले यहाँ अलपत्र परेका नेपालीहरुलाई लिएर नेपाल उड्ने निश्चित भएको हो।

नेपाली दूतावासको तर्फबाट प्रवक्ता शरदराज आरणले विहीवार एक सार्वजनिक सूचना जारी गर्दै आगामी बुधबार र शुक्रबार हुने दुवै उडान दिउँसो २ बजेर ५० मिनेटमा लण्डनको ग्याटविक विमानस्थलबाट नेपालका लागि उडान भर्ने भएको जनाएका हुन्।

दूतावासका अनुसार जजिरा एअरलाइन्सले लण्डन पछि कुवेतका नेपालीहरुको उद्धार गरेर स्वदेश फर्किने छ। कुवेतमा साडे २ घण्टाको ट्रान्जिट रहने बताएको छ। जजिरा एअरलाइन्सका ए ३२० एअरबसमा एकपटकमा १ सय ५८ यात्रु बोक्ने क्षमता रहेको छ। यसअघि गैरआवासीय नेपाली संघ युके र लण्डन दूतावासले संकलन गरेका ४ सय २० जना नेपालीहरुको सूचीमा नेपाल सरकार समक्ष पठाइएको थियो।

गैरआवासीय नेपाली संघ युकेका महासचिव फडिन्द्र भट्टराईले सरकारको पछिल्लो निर्णय स्वागत योग्य भएको बताए। भट्टराईले नेपाली दूतावास र एनआरएनए युकेले संयुक्त रुपमा संकलन गरेको नामवलीबाटै सो उडानमा जाने यात्रुको नाम तय हुने जानकारी दिए। यसअघि नेपाल सरकारले गैरआवासीय नेपाली संघ र दूतावासको समन्वयमा नेपालको लागि चार्टर उडान तय गर्न निर्देशन दिएको थियो ।

error: Content is protected !!
Back To Top