Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
NRNA युके मा १३,८९० सदस्यता दर्ता NRNAUK skip to Main Content
NRNA युके मा १३,८९० सदस्यता दर्ता

रमेश सरङ्गाकोटी, प्रबक्ता, युके,
गैर आवासीय नेपाली संघ युके को आह्वानमा आउदो निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा सहभागी हुनका लागि गैर आवासीय नेपाली संघ युकेको सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई २०१९ साझको ८ बजे सम्म रहेको थियो ।

गैर आवासीय नेपाली संघ युकेको सदस्यता बिस्तारको लागि संघले सदस्यता विस्तार समिति तथा राज्य समन्वय परिषद विस्तार समिति गठन गरेको थियो । संघले सदस्यता दर्ता अनलाईन, इमेल, पोस्ट तथा स्वयम् उपस्थित भएर पनि सदस्यता फर्म भर्न सकिने सहजता तथा सुबिधाको उपलब्धता गरिएको थियो ।

मिति ३१ जुलाई २०१९ साझको ८ बजे सम्ममा सदस्यता फारम १३३४३, अनलाईन मार्फत ३१६ तथा पोस्टल एवं राज्य परिषद बाट प्राप्त १९४ गरि प्रारम्भिक तथ्यांक अनुसार कुल १३८९० सदस्यता दर्ताको लागि फारम प्राप्त भएको छ। अनलाईन मार्फत सदस्यता दर्ता गर्ने अन्तिम सदस्य चर्चित ब्यारिस्टर देवेन्द्र श्रेष्ठ हुन् ।

३१ जुलाई २०१९ साझको ८ बजे सम्म प्राप्त भएको कागजी फारमहरु तथा online मा register भएका हरु गैर आवासीय नेपाली संघ युकेको सदस्य हुनेछन् र आउदो निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा सहभागी हुन सक्नेछन् । त्यस पश्चात प्राप्त भएको सदस्यता फारमहरु संघको सदस्य हुने भएता पनि आउदो निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा सहभागी हुन सक्ने छैनन् ।

१ अगस्त २०१९ बाट सदस्यता प्रमाणीकरण शुरु हुने र सदस्यता दर्ता प्रक्रियामा रित नपुगेको, शुल्क प्राप्त नभएको तथा प्राबिधिक प्रक्रिया नपुगेका हरुलाई सम्पर्क गरि निकट भबिस्यमा प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । प्रथम मतदाता नामावली उपर कुनै सदस्यको सदस्यता उपर संसोधन वा दाबी बिरोध भएमा त्यस उपर छानबिन गरि अन्तिम सदस्यता तथा मतदाता नामावली पुन प्रकाशन गरिनेछ ।

सदस्यता सम्बन्धि थप जानकारी तथा सुचनाको लागि एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलाई ०७७८७१९३९२८ वा yog6798phagami@gmail.com मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

error: Content is protected !!
Back To Top