Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए युकेबाट नेपाली भूमि अतिक्रमणको विरोध NRNAUK skip to Main Content
एनआरएनए युकेबाट नेपाली भूमि अतिक्रमणको विरोध

लन्डन । एनआरएनए यूकेले पनि भारतद्वारा गरिएको नेपाली भूमि अतिक्रमणको विरोध गरेको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईका नाममा बुधबार जारी एक वक्तव्यमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको भर्त्सना गरेको छ ।

वक्तव्यमा भारतले नेपाली भूमिको प्रयोग गर्दै तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको कुराले संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको गम्भिर उल्लंघन गर्दै नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै एनआरएनए यूकेले निन्दा गरेको छ ।

यसअघि पनि नेपाली भूभागमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा लाई भारतलेएकतर्फी रुपमा आफ्नो नक्सामा समावेश गरेको भन्दै वक्तव्यमा भारतले एकलौटी रुपमा नेपालको सार्वभौमिकतामाथि आंच आउने यस्ता क्रियाकलाप पटक(पटक गर्दै आएको आरोप लगाइएको छ ।

नेपाली सीमामा हुँदै आएको भारतीय रवैया तुरुन्त बन्द गर्न माग गर्दै एनआरएनए यूकेले नेपाल सरकारको तर्फबाट सीमासम्बन्धी सम्पूर्ण विवाद कुटनैतिक तथा उच्च राजनैतिक माध्यममार्फत समाधानको पहल गर्न पनि अपिल गरेको छ।

‘वीर गोर्खालीको इतिहास बोकेको हाम्रो देश र त्यहि इतिहासको एउटा अध्याय बोकेको बेलायतमा बस्ने नेपालीहरु यो सवालमा नेपाली जनता र नेपाल सरकारले देशको हितमा उठाउने हरेक कदममा साथ र ऐक्यबद्ध रहेको स्मरण गराउन चाहन्छौ’ वक्तव्यमा भनिएको छ ।

error: Content is protected !!
Back To Top