Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएन यूकेको एक टोलि राज्य समन्वय परिषद गठन गर्न नर्दन आयरल्याण्ड तर्फ जादै NRNAUK skip to Main Content
एनआरएन यूकेको एक टोलि राज्य समन्वय परिषद गठन गर्न नर्दन आयरल्याण्ड तर्फ जादै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले नर्दन आयरल्याण्डमा आफ्नो राज्य समन्वय परिषदको गठन यहि फेब्रुअरी ११ तारिख आइतबार गर्ने भएको छ । बेलफास्टमा एक कार्यक्रमको आयोजना गरी परिषद गठन गर्ने तयारी गरिएको छ ।

नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीसंगको सहकार्यमा राज्य समन्वय परिषद गठन गर्न लागिएको एनआरएन यूकेले जनाएको छ ।

सो कार्यक्रमको लागि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी नेतृत्वको टोली नर्दन आयरल्याण्ड जाने भएको छ । आइसिसी उपाध्यक्ष कुल आचार्यदेखि एनआरएन यूकेका उपाध्यक्षहरु पुनम गुरुंग, शेर सुनार, सुशिला राई, ललित न्यौपाने र प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी, उपमहासचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सदस्यहरु राजन खकुरेल, शिव कंडेललगायत नर्दन आयरल्याण्ड जाने तय भइसकेको छ ।

नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीका अध्यक्ष लिलाराम निउरेले एनआरएन यूकेको राज्य समन्वय परिषद गठनका लागि एनआरएन यूकेको टोलीलाई स्वागत गर्न नर्दन आयरल्याण्डवासी नेपालीहरु आतुर रहेको बताएका छन् ।

स्थानीय एनआरएन अगुवा नारायण कंडेलले १४ वर्षमा पहिलोपटक एनआरएन यूके नर्दन आयरल्याण्डमा विस्तार हुन लागेकोमा खुशी व्यक्त गर्दै उपस्थितिका लागि सम्पुर्ण नर्दन आयरल्याण्डवासी नेपालीलाई आव्हान गरेका छन् ।

एनआरएन यूके महासचिव आरके त्रिपाठीले क्षेत्रियतामा जाने एनआरएन यूकेको स्थापनाकालदेखिकै अवधारणाले पहिलोपटक मुर्त रुप पाउन लागेको  बताउदै  राज्य परिषद गठनको कार्यक्रममा सहभागी हुन सम्पुर्ण स्थानीय नेपालीहरुलाई आव्हान गर्दै बेलायतका हरेक कुनामा रहेका नेपालीहरुसम्म पुग्ने एनआरएन यूकेको अभियान रहेको जनाए ।

यसअघि एनआरएन यूकेको राज्य तथा क्षेत्र समन्वय विभागलाई उपाध्यक्ष न्यौपानेको संयोजकत्वमा विभिन्न कार्य विभाजन गरी पूर्णता दिइएको हो ।  विभागका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले सोहि अनुसार राज्य परिषमद गठनको प्रक्रिया अघि बढाएको बताए ।

त्यस्तैे विधानमा व्यवस्था भए अनुरुप बेलायतको ४ राज्यहरु स्कटल्याण्ड, नर्दन आयरल्याण्ड , वेल्स र इंग्ल्याण्डमा गैर आवासीय नेपाली संघ बेलायतको राज्य ,काउन्टी तथा क्षेत्र समितिहरु गठन प्रक्रिया अगाडी बढाउन राज्य समन्वय विभाग संग समन्वय गरी भेला आयोजना गर्न सम्पर्क प्रतिनिधिहरु समेत तोकिएको थियो । जसअनुसार नर्दन आयरल्याण्डमा नारायण कंडेल प्रतिनिधी चयन भएका थिए ।

नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीका अध्यक्ष लिलाराम निउरेले एनआरएन यूकेको राज्य समन्वय परिषद गठनका लागि एनआरएन यूकेको टोलीलाई स्वागत गर्न नर्दन आयरल्याण्डवासी नेपालीहरु आतुर रहेको बताएका छन् ।

error: Content is protected !!
Back To Top