Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए यूकेले गर्यो सदस्य केन्द्रित निर्णय : सदस्यता शूल्क घटाएर १० पाउन्ड कायम NRNAUK skip to Main Content
एनआरएनए यूकेले गर्यो सदस्य केन्द्रित निर्णय : सदस्यता शूल्क घटाएर १० पाउन्ड कायम

गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके कार्यसमितिको बैठक विभिन्न १९ वटा निर्णय गर्दै सम्पन्न गरेको छ । प्लमस्टिडमा बसेको एनआरएन यूकेको बैठकले एनआरएन यूकेको सदस्यता शुल्कलाई घटाएर १० पाउण्ड कायम गर्ने निर्णय गरेको छ ।

संस्थाले विभिन्न आपतकालीन तथा परोपकारी कार्यमा सहयोग गर्न र भैपरि आउने कामहरु सञ्चालन गर्न अध्यक्ष फगामी र महासचिव त्रिपाठीलाई संस्थाको कोषबाट ५ सय पाउण्डसम्मको रकम खर्च गर्ने अधिकार दिने निर्णय गरिएको छ ।

एनआरएन बेलायतअन्तर्गत विभिन्न ४ राज्यमा राज्य समन्वय समितिका संयोजक तोक्ने जिम्मा सो विभागका संयोजक तथा उपाध्यक्ष ललित न्यौपानेका साथै अध्यक्ष फगामी र महासचिव आरके त्रिपाठीलाई लगाइएको छ । कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य उपस्थित बैठकमा अध्यक्ष योगकुमार फगामीले प्रस्ताव गरेको सल्लाहकारहरुको नामहरुमाथि छलफल गर्दै अन्तिम निर्णय लिने जिम्मा अध्यक्षलाई नै दिइएको छ । अध्यक्ष फगामीले छिट्टै सल्लाहकारको सुची सार्वजनिक गर्ने बताइएको छ ।

संस्थाले विभिन्न आपतकालीन तथा परोपकारी कार्यमा सहयोग गर्न र भैपरि आउने कामहरु सञ्चालन गर्न अध्यक्ष फगामी र महासचिव त्रिपाठीलाई संस्थाको कोषबाट ५ सय पाउण्डसम्मको रकम खर्च गर्ने अधिकार दिने निर्णय गरिएको छ । उपाध्यक्ष तथा च्यारिटी विभाग संयोजक प्रेम गाहाको संयोजनमा आउंदो मार्च ३१ तारिखका दिन हुने बक्सिंग शो विथ च्यारिटी कार्यक्रमको तयारीका लागि ४ हजार पाउण्ड अग्रिम भुक्तानी दिने निर्णय भएको छ ।

बैठकले नागरिकता निरन्तरताको आन्दोलनलाई अघि बढाउने, क्यान्सर पीडित बालिका क्रिश्टिना सुनुवारको सहयोगका लागि आउंदो २० तारिखदेखि कोष संकलन बन्द गर्ने, केन्द्रीय अध्यक्ष भवन भट्ट तथा नेपालका गभर्नर डा चिरञ्जिवी नेपालसहितको सहभागितामा यहि जनवरी २२ तारिखका दिन आयोजना हुने लगानीसम्बन्धी अन्तरक्रियालाई सफल बनाउने सहितका निर्णयहरु पनि गरेको छ ।

उपाध्यक्ष तथा संघ संस्था समन्वय विभाग प्रमुख पुनम गुरुंगले आउंदो सेप्टेम्बर महिनाको २९ तारिखका दिन बेलायतस्थित सम्पुर्ण संघसंस्थाहरुलाई आमन्त्रण गरी काउन्सिल मिटिंग गर्न गरेको प्रस्ताव बैठकले पारित गरेको छ । त्यस्तै, महिला विभाग संयोजक लिलादेवी गुरुंगको प्रस्तावमा मार्च ३ ताखिका दिन नारी दिवस तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य विभाग संयोजक डा दिलिप कुमार यादवले नेपालका लागि प्रस्ताव गरेको एक प्रोजेक्टलाई सघाउने निर्णय गर्दै बैठकले यसका लागि लागतसहितको सम्पुर्ण विवरणसहित रिपोर्ट बुझाउन भनेको छ । त्यसैगरी विद्यार्थी विभागका संयोजक जित रानाभाटले पेश गरेको विद्यार्थीहरुको सदस्यतासम्बन्धी नियमावलीलाई आइसिसीमा पठाएर सरलीकरण गर्ने निर्णय गरियो ।

धार्मिक विभाग संयोजक होमनाथ पौडेलको प्रस्तावमा छिट्टै विश्व शान्ति धान्याञ्चल महायज्ञ गर्ने , प्रवक्ता रमेश सरांगकोटी तथा सचिव सुरोज मास्केले प्रस्ताव गरेअनुसार फ्रेण्ड्स फर एनआरएन यूके नेपाल गठन गर्ने पनि निर्णय गरिएको छ ।

एनआरएन यूके र पत्रकार महासंघ बेलायतको सहकार्यमा स्थापना भएको पत्रकारिता अक्षय कोष तथा पुरस्कारको व्यवस्थालाई पुनरावलोकन गर्ने भन्दै एनआरएन यूके र पत्रकार महासंघ यूके दुवैका अध्यक्ष तथा महासचिवहरु सम्मिलित पुनरावलोकन समिति बनाउने निर्णय बैठकले गरेको छ ।

नेपाल हाउस प्रोजेक्टलाई निरन्तरता दिन अध्यक्ष, महासचिव र कोषाध्यक्षले संरक्षकहरुसंग बैठक गर्ने तथा निवर्तमान कार्यसमितिले सुरु गरेको आर्थिक संकलन अभियानलाई अघि बढाउने पनि निर्णय भएको छ । बैठकले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुका लागि एक विशेष कार्यक्रम गर्ने भन्दै यस सम्बन्धमा पत्रकार महासंघसंग छलफल गर्न अध्यक्ष फगामी र महासचिव त्रिपाठीलाई जिम्मा दिएको छ ।

संघको कार्यसमितिमा शिव कण्डेललाई सदस्य नियुक्त गरिएको छ । उपमहासचिव विनय अधिकारीको प्रस्तावमा अनलाइन रजिस्ट्रेसन तथा सदस्यताको व्यवस्थाका लागि संरक्षकहरुसंग छलफल गरेर, लागत खर्चलाई मध्यनजर गर्दै उपयुक्त निर्णय लिने जिम्मा अध्यक्ष फगामी, महासचिव त्रिपाठी, उपमहासचिव अधिकारी र प्रवक्ता सरांगकोटीलाई लगाइएको छ ।

सहारा यूकेको च्यारिटीमा सहयोग गर्न सहारा यूके एनआरएन सपोर्ट अनलाइन च्यारिटी तथा आर्थिक संकलन आव्हान गर्न युवा संयोजक लालबहादुर एलबिजेड गुरुंगलाई संयोजक र महासचिव त्रिपाठीलाई सहसंयोजक तोकिएको छ ।

बैठकले नागरिकता निरन्तरताको आन्दोलनलाई अघि बढाउने, क्यान्सर पीडित बालिका क्रिश्टिना सुनुवारको सहयोगका लागि आउंदो २० तारिखदेखि कोष संकलन बन्द गर्ने, केन्द्रीय अध्यक्ष भवन भट्ट तथा नेपालका गभर्नर डा चिरञ्जिवी नेपालसहितको सहभागितामा यहि जनवरी २२ तारिखका दिन आयोजना हुने लगानीसम्बन्धी अन्तरक्रियालाई सफल बनाउने सहितका निर्णयहरु पनि गरेको छ ।

त्यस्तै, महासचिव आरके त्रिपाठी नेतृत्वको नेपालको संघीय सरकार, प्रदेश सरकार तथा दूतावास समन्वय विभाग तथा उपाध्यक्ष सुशिला राई नेतृत्वको आपतकालिन राहत संकलन तथा वितरण समन्वय विभागको विस्तारका लागि सम्बन्धित विभागका संयोजकहरुबाट गरिएको प्रस्ताव पनि बैठकले पारित गरेको छ ।

error: Content is protected !!
Back To Top