Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ बालबालिका बाट ९२ सिर्जना प्राप्त NRNAUK skip to Main Content
एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ बालबालिका बाट ९२ सिर्जना प्राप्त

प्रतियोगितामा सहभागीमध्ये एक साढे २ वर्षीया बालिका खुशी खराल ।

गैरआवासीय नेपाली संघ (एनआरनएनए) यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा बेलायतभरका ४६ जना बालबालिकाले भाग लिएका छन् ।

चित्रकला पठाउन तोकिएको समयभित्र ४६ बालबालिकाका ९२ सिर्जना प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ ।

महासचिव फडिन्द्र भट्टराईका अनुसार, प्राप्त चित्रकलाहरुको मुल्यांकन गरी विजेता छनोटको जिम्मा सो क्षेत्रसम्बन्धी विज्ञहरु सम्मिलित समितिलाई लगाइएको छ ।

समितिले गर्ने मुल्यांकनको आधारमा छनोट हुने विजेताको नाम आउँदो भाद्र ४ गते बालदिवसको दिन गरिनेछ । सोहि दिन विजेतालाई पुरस्कार र प्रमाणपत्र पनि वितरण गर्ने बताइएको छ ।

बेलायतमा लकडाउनका बेला विद्यालयहरु समेत बन्द अवस्थामा घरमै बस्न बाध्य बालवालिकालाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने भन्दै एनआरएनए यूकेले चित्रकला प्रतियोगितामा आयोजना गरेको थियो । प्रतियोगिताको संयोजन एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलले गरेका हुन् ।

प्रतियोगितामा सहभागी ४६ बालबालिकाका जम्मा ९२ वटा चित्रकला एक दस्तावेजको रुपमा रहने गरी रंगीन पुस्तिका समेत प्रकाशन गर्न लागिएको प्रतियोगिताका संयोजक कँडेलले जानकारी गराएका छन् ।

बाल दिवसमा नतिजा र पुरस्कार वितरणकै बेला सबै चित्रहरु सम्मिलित पुस्तिकाको वितरण समेत गरिने योजना छ ।

प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण प्रतियोगी बालबालिका र अविभावकहरुमा एनआरएनए यूकेले धन्यवाद ज्ञापन गरेको छ ।

error: Content is protected !!
Back To Top