Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएको यूरोप सम्मेलनमा १५ विषयमा छलफल गरिने NRNAUK skip to Main Content
एनआरएको यूरोप सम्मेलनमा १५ विषयमा छलफल गरिने

यूरोप सम्मेलनमा १५ विविध विषयमा छलफल गरिने भएो छ । एनआरएनको यूरोपको ११ औ सम्मेलनमा १५ विषयमा छलफल गरिने भएको हो । सम्मेलनमा एनआरएनका आन्तरिक समस्या, एनआरएन अभियानमा नयाँ पुस्ताका समस्या, यूरोपमा नेपालीको बढ्दो बसाईसराई, यूरोपका एनआरन एनसिसीको गतिविधि, समस्या पहिचान र नयाँ योजना, पर्यटन पबद्र्धन, यूरोपमा नेपालको पर्यटन पबद्र्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, यूरोपबाट कम्तिमा एक अर्बको लगानी नेपालमा भित्र्याउने प्रतिबद्धता गरिने भएको छ ।

त्यस्तैगरि, ज्ञान र सिप हस्तान्तरण, एनआएन अभियानमा युवा पुस्ता, यूरोपका विभिन्न देशमा नेपाली भाषा विद्यालय, सबै बालबालीकालाई शिक्षा भन्ने अभियान, अवधारण र समस्या, एनआरएनको विधान ५ देखि ९ सम्मका धारालाई संशोधन तथा परिस्कृत, एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता, एनआरएन नागरिकता विषयमा छलपल गरिने भएको हो ।

कार्यक्रममा नेपालबाट पराराष्ट मन्त्री प्रदिप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराई, लक्जेम्बर्गका सरकारका उच्च पदस्थ ब्यक्तीत्वहरु, नेपालका उच्च पदस्थ ब्यक्तीत्वहरु सहभागि हुनु पनि टुंगो लागेको छ ।  यूरोपको एघारौ युरोपेली क्षेत्रीय बैठक युरोपेली धनी मुलुक लक्जम्बर्गको हिल्टन होटलमा हुँदैछ । सम्मेलनमा युरोपस्थित २७ देशका गैरआवासी नेपाली सहभागि हुने आयोजक समिति संययोजक शिवकुमार बरुवालले जानकारी गराए ।

सम्मेलनमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत सहभागि हुनुहुनेछ ।

error: Content is protected !!
Back To Top