Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण को बिरोधमा बेलायतमा ज्ञापन पत्र बुझाउदै NRNAUK skip to Main Content
गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण को बिरोधमा  बेलायतमा  ज्ञापन पत्र बुझाउदै

गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको परिप्रेक्षमा यसको विरोध गर्दै लन्डनस्थित भारतीय हाइ कमिसनमा विरोधपत्र सम्प्रेषण गर्ने कार्यक्रम आयोजना गरेको छ । कोरोना लकडाउनको वर्तमान परिस्थितीमा विगतमा जस्तै भौतिक रुपमा हाइ कमिसनमा  उपस्थित भएर विरोध जनाउन सक्ने अनुमति तथा अवस्था नभएकोले बेलायतका विभिन्न स्थानबाट स्थानीय रुपमा उपस्थित भएर विरोध जनाउन लागिएको हो । निर्धारित कार्यक्रम अनुसार बेलायतको अल्डरसट बाट केन्द्रिकृत रुपमा हुलाक सेवा मार्फत भारतीय प्रधानमन्त्रीको कार्यालय तथा लन्डनस्थित भारतीय हाइ कमिसनमा आधिकारिक विरोधपत्र सम्प्रेषण गर्ने  र अन्य राज्य तथा तोकिएको स्थानमा उपस्थित भएर सोही अनुरुप  ऐकवाद्दता दर्शाउने कार्यक्रम रहेको छ । निर्धारित विवरण निम्न अनुसार रहेको छ :

मिती : ८ जुन २०२०

समय : दिनको २ बजे

विरोधपत्र सम्प्रेषण गर्ने स्थान तथा संयोजन  :

अल्डरसट : अध्यक्ष पुनम गुरुङ , महासचिव फडिन्द्र भट्टराई

अल्डरसट पोस्ट अफिस 63-68 Wellington Cetre, Aldershot GU11 1DB

मिडल्याण्ड : सचिव कृष्ण ढकाल

स्कटल्याण्ड : उपाध्यक्ष मोहन कार्की , राज्य परिषद अध्यक्ष छविलाल अर्याल

वेल्स : उपाध्यक्ष रामचन्द्र पोख्रेल, राज्य परिषद अध्यक्ष कृष्ण भण्डारी

आयरल्याण्ड : उपाध्यक्ष नारायण कंडेल, राज्य परिषद अध्यक्ष नारायण कुँवर

उपरोक्त स्थानहरुमा उपस्थित हुने स्थानहरुको बारेमा सम्बन्धित संयोजकज्यू हरुलाई सपर्क गर्नुहोला।

पुनश्च निम्न कुराहरुलाई पालना गर्नुहुन अनुरोध छ  : वर्तमान विषम  परिस्थितीको कारण कार्यक्रमको प्रोफाईललाई सामान्य रुपमा प्रस्तुत गर्ने । उपस्थित हुने संख्या अधिक भएर उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आम समुदायलाई आमन्त्रित नगर्ने । सम्बन्धित स्थानमा १:४५ बजे जम्मा हुने । वर्तामान कानुनको पालना गर्दै सामाजिक दुरी कायम गर्ने । भिडभाड, होहल्ला र कुनै प्रकारको नारावाजी नगर्ने । राष्ट्रिय समन्वय परिषदको आधिकारिक विरोधपत्र प्रदर्शन गर्ने ।

 सम्बन्धित संयोजक ज्यूहरुले कार्यक्रमको बारेमा जानकारी गराउने र एकजना पदाधिकारी द्वारा विरोध पत्र वाचन गर्ने । ब्यानर तथा विरोधपत्र हातमा लिएर फोटो लिन सकिने  । मेडिया कभरेजमा एकाध पदाधिकारीहरुले कार्यक्रमको बारेमा जानकारी गराउने । आ-आफ्नो स्थानको कार्यक्रम सम्बन्धित संयोजकज्यू हरुले उपरोक्त कुराहरुको पालना गर्दै  समन्वय गर्ने ।  २ बजे शुरु गरेर कार्यक्रमको अवधि २० मिनेट भित्रै समापन गर्ने । धन्यवाद !

फडिन्द्र भट्टराई (महासचिव ), गैरआवासीय नेपाली संघ, बेलायत

error: Content is protected !!
Back To Top