Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य लगायतका अतिथिलाई नर्दन आयरल्याण्डमा स्वागत NRNAUK skip to Main Content
एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य लगायतका अतिथिलाई नर्दन आयरल्याण्डमा स्वागत

बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) आईसीसी उपाध्यक्ष कुल आचार्य नेतृत्वको टोलीलाई आयरल्याण्ड स्वागत गरिएको छ ।

नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरेलगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे ।

बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य समन्वय परिषद गठन गर्न लागिएको छ ।

एनआरएन उपाध्यक्ष आचार्यसहित एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, पूर्वआईसीसी सदस्य थर्क सेन, सदस्यहरु शिव कँडेल र दयानिधि सापकोटा पनि बेलफास्ट आएका छन् । स्वागतपछि आचार्य र फगामीले नर्दन आयरल्याण्डमा न्यानो स्वागत पाएकोमा खुसी प्रकट गरे ।

एनआरएन यूकेका महासचिव आर के त्रिपाठी नेतृत्वको टोली शनिबार नै बेलफास्टमा आएको थियो । टोलीमा एनआरएन यूकेका उपाध्यक्ष, ललित न्यौपाने महासचिव आरके त्रिपाठी, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सल्लाहकार नरेन्द्र कँडेल, खेम पौडेल प्रभू न्यौपानेलगायत थिए ।

कार्यक्रममा एनआरएन डेनमार्क र स्वीडेनका पदाधिकारी पनि सहभागी हुने एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले जानकारी दिए ।

error: Content is protected !!
Back To Top