Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएन यूकेको टोलीले नेताहरुलाई बुझाए ज्ञापनपत्र, विधेयक पास हुने आश्वासन NRNAUK skip to Main Content
एनआरएन यूकेको टोलीले नेताहरुलाई बुझाए ज्ञापनपत्र, विधेयक पास हुने आश्वासन

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन लबिङ गर्न नेपाल आएको एनआरएन यूकेको टोलीले मंगलबार पनि भेटघाटलाई तीब्र बनायो ।एनआरएन यूकेको टोलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, कानुन मन्त्री भानुभक्त ढकाल तथा कांग्रेस नेता एवं पूर्वमन्त्री गगन थापा, सांसद डा. सूर्य पाठकसँग भेट गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्री र नेताहरुले गैरआवासीय नागरिकता दिन आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । एनआरएन यूकेको टोलीले सबैलाई ज्ञापन पत्र पनि बुझाएको छ ।राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आफूले एनआरएनको पीडा बुझेको भन्दै गैरआवासीय नागरिकसम्बन्धी विधेयक पारित गराउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।गृहमन्त्री रामबहादुर थापाले चालु अधिवेशनमा सम्भव भए अर्को अधिवेशनमा संशोधनसहित विधेयक पारित हुने विश्वास दिलाउनुभयो ।

कानुन मन्त्री ढकालले आफूले एनआरएनलाई नागरिकता दिनपर्छ भनेर सार्वजनिकरुपमै भनेको स्मरण गर्दै सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।पूर्वमन्त्री गगन थापाले एनआरएनको नयाँ पुस्तालेसमेत नागरिकता पाउनुपर्नेमा जोड दिनुभयो । एनआरएन यूकेको टोलीले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा सांसदद्वय राधेश्याम अधिकारी र कृष्णभक्त पोखरेलसँग भेट गरेको थियो ।भेटमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललित न्यौपाने, महासचिव राजकुमार त्रिपाठी,एनआरएनए आइसीसी सदस्यहरु जय प्रकाश गुरुङ , कुमारी गुरुङ, एनआरएन जर्मनीका पुष्प थापा, अमेरिकाबाट सोनाम लामा,आयरल्याण्डका पूर्व(अध्यक्ष गणेश प्रसाईं र डेनमार्कका प्रतिनिधि पनि सहभागी थिए प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने र बुधबार प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा लगायतलाई भेट्ने कार्यक्रम छ । टोलीले विहिबार नेपाली कांग्रेस तथा नेकपाका सांसदहरुसंग अन्तरक्रिया गर्दैछ । सबै भेटघाटहरुपछि शुक्रबार रिपोटर्स क्लबमा एक पत्रकार सम्मेलन गरेर ब्रिफिङ गरिने कार्यक्रम रहेको महासचिव राजकुमार त्रिपाठीले जनाए ।यसैबीच छोटो समयमा अधिकांस सरोकारवाला व्यक्तिसंग भेटघाट गर्ने अवसर मिल्यो । निकै ठूलो उपलव्धिको रुपमा लिएको छु गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले लन्डन नेपाल न्युज संगको टेलिफोन कुराकानीमा बताए ।

error: Content is protected !!
Back To Top