Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए यूकेको स्वयंसेवक टोली लाप्राकमा NRNAUK skip to Main Content
एनआरएनए यूकेको स्वयंसेवक टोली लाप्राकमा

गैर-आवासीय नेपाली संघ बेलायतको एक स्वयंसेवक टोली गोरखाको लाप्राक पुगेका छन् । अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा गएको उक्त टोलीमा उपाध्यक्ष हिराधन राई लगायत जम्मा नौ जना समावेश छन् । गैर-आवासीय नेपाली संघले भुकम्पले घरवारबिहिन बन्न पुगेका त्यहाँका जनतालाई उक्त क्षेत्रमा ५९३ वटा घरहरु निर्माण गरिदिने योजना अनुरुप हाल निर्माणकार्य युद्दस्तरमा भइरहेको छ ।

निकै नै दुर्गम क्षेत्र भएको र मौसम पनि छिनछिनमा परिवर्तन भइरहने हुनाले निर्माण क्षेत्रमा श्रमिक र स्वयंसेवकहरुलाई काम गर्न निकै कठिन हुने कुरा अध्यक्ष मुछेत्र गुरुङले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । एनआरएनए यूकेले उक्त ऐतिहासिक कार्यमा स्वयंसेवकको रुपमा त्यहाँ गएर सहयोग गरिदिन वा त्यसो गर्न सम्भव नभए आवश्यक आर्थिक सहयोग गरिदिन बेलायतवासी सबै जनहरुलाई अनुरोध गरेको छ ।

एनआरएनए यूकेको टोलीमा जम्मा छ जना स्किल्ड लेबरर रहेका छन् भने अध्यक्ष गुरुङ र उपाध्यक्ष राई पनि दुबै जना श्रमिककै रुपमा कार्य गरिरहेका छन् । यदि कोही प्रायोजकहरुको तर्फबाट आर्थिक सहयोग मिलेको खण्डमा छ जना श्रमिकहरुलाई त्यहाँ राखिछोडेर केही हप्तापछि आफुहरु फर्किने कुरा अध्यक्ष गुरुङले बताउनुभएको छ ।

यहाँहरु पनि यस महान कार्यमा सहयोग गर्ने वा स्वयंसेवा गर्ने इच्छा भएमा कृपया एनआरएनए यूकेलाई सम्पर्क गर्नुहोला ।

लाप्राकमा केही हप्ता रहेपछि बेलायत फर्कनुअघि एनआरएनए यूकेको टोली पाँचथर जाने र एनआरएनए यूकेको एक कार्यकाल एक योजनाको सिरिसे स्कूल पुनर्निमाण कार्यको शिलान्यास गर्ने योजना रहेको छ ।

प्रवक्ता गैर-आवासीय नेपाली संघ बेलायत

error: Content is protected !!
Back To Top