Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन प्रतिनिधिका लागी दर्ताको सूचना NRNAUK skip to Main Content
गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन प्रतिनिधिका लागी दर्ताको सूचना

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा प्रतिनिधि छनौट प्रकृयाकोलागी प्रतिनिधि  दर्ता गर्ने सम्बन्धि जरुरी सुचना

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमअन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी १० औं महाधिवेशनमा सहभागी हुन इच्छुक ( अन्तर्राष्ट्रिय समन्वयपरिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्ये  बाट ६५ % प्रतिनिधिछनौट प्रकृयाको लागी ) प्रतिनिधिज्यू हरुले यहि जुलाई १७ , २०२१ साँझ ५ बजे   सम्म यो लिंक  मा

https://docs.google.com/forms/d/e/1FAIpQLSeXybyTMCmmBRqeEficGetGFlrRaS9kTzLkb4TwAn9RHpjCJA/viewform

दिईएको गुगल  फर्म भरी दर्ता गर्नु हुन अनुरोध गरिन्छ  ।

 

महाधिवेशन प्रतिनिधि बन्नको निम्ति निम्न देहाय बमोजिमको अन्तर्राष्ट्रिय समन्वय परिषदले तय गरेकोमापदण्ड भित्र पर्नुहुने महानुभावहरुको मात्र आवेदन स्वीकृत हुनेछ ।

१) अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु ।

२) राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु।

३) अन्तर्राष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधनसुझाव समिति संयोजक ।

४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता ।

५) विधानत गठीत अन्तर्राष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु।

६) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधानसमितिका उपसंयोजक तथा सदस्यहरु ।

७) राष्ट्रिय समन्वय परिषदका सदस्यहरु ।

८) राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरु ।

नोट : तोकिएको मापदण्ड अनुसार दर्ता भएर छनौट भएका प्रतिनिधीहरुले आईसीसीले निर्धारण गरेकोप्रतिनिधी शुल्क एनआरएनए यूके मार्फत भुक्तानी गर्नु पर्ने छ । दर्ता प्रकृया पछि शुल्क भुक्तानीको लागिसुचित गरिने छ, तोकिएको शुल्क भुक्तानी नभएमा मान्य हुने छैन ।  समान प्राथमिकतामा परेका निवेदकबाटप्रतिनिधि छनोट गर्न पर्ने अवस्थामा लामॊ अवधी सम्म संघको पदाधिकारी वा पंजीकृत सदस्यता रहेकोलाईप्राथमिकता दिईनेछ । धन्यवाद ।

एनआरएनए यूके

error: Content is protected !!
Back To Top