Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए र दूतावासको सहयोगमा १४६ जना नेपालीहरु स्वदेश फर्किए NRNAUK skip to Main Content
एनआरएनए  र  दूतावासको सहयोगमा १४६ जना नेपालीहरु स्वदेश फर्किए

 लन्डन । कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको एरपोर्टबाटै गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दुतावासका प्रवक्ता शरदराज आरणलगायतका टोली ग्याटवीक विमानस्थल पुगेको थियो ।

उनीहरु यूके समय अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्व तालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको छ । यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको छ । एनआरएन यूकेले नेपाली दुताबाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामीजस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दुतावास लन्डनले जनाएको छ ।

 

४ महिनासम्म लकडाउनपछि नेपाल जान पाएका सवै यात्रुहरु दंग परेर विमानस्थल पुगेका थिए । नेपाल उड्ने मध्येकै एक यात्री सुभाष दाहालले स्वास्थ्यको कारण नेपाल जानैपर्ने भएकाले एनआरएन यूकेको पहलमा नेपाल जान पाएकोमा खुसी ब्यक्त गरे । उनले एनआरएन यूकेले यसरी अभिभावकको रुपमा रेखदेख, खानपिन र स्वास्थ्य लगायतको सहयोग गरेकोमा प्रशन्नता प्रकट गरे । नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए ।

 

 

 

error: Content is protected !!
Back To Top