Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
नेपाल फर्किन चाहने बेलायतस्थित नेपालीको विवरण उपलब्ध गराउन आव्हान NRNAUK skip to Main Content
नेपाल फर्किन चाहने बेलायतस्थित नेपालीको विवरण उपलब्ध गराउन आव्हान

गैर आवासीय  नेपाली संघ बेलायतले कोरोना भाईरस (COVID-19) को प्रभावले बेलायतबाट नेपाल जानबाट बन्चित हुनुभएका नेपाली महानुभाबहरुको नामावली संकलन कार्य शुरु गरेको छ। 

कोरोना भाईरस (COVID-19) को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली बुबा, आमा, दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो परिवार तथा आफन्तहरु सँग पुनर्मिलन हुन वा आफ्नो मातृभूमि फर्कन बाट बन्चित हुनु परेको छ।

यस अभियानको मूल उद्देश्य बेलायतमा बसोबास गर्ने गैर आवासिय नेपाली, बेलायतमा भ्रमण गर्न आउनुभएका नेपाली, बिद्यार्थीहरुका साथै अन्य कामले बेलायत आउनु भएका नेपालीहरु नेपाल जान चाहनुभएको तर कोरोना भाईरस (COVID-19) को कारण नेपाल जानबाट बन्चित हुनु भएको भए उहाँहरुको नामावली संकलन गरि नेपाल सरकार, नेपाली एम्बेसी, ट्राभल कम्पनि, एयर लाईन्स एवं अन्य सरोकार वालाहरु संग समन्वय गरि नेपाल जान सहजीकरण गर्ने भन्ने हो।

गैर आवासिय नेपाली संघ बेलायतले कोरोना भाईरस (COVID-19) बाट प्रभावितहरुलाई विभिन्न माध्यमबाट राहत एवं अन्य सहयोग गरिरहेको र यस अभियानलाई अझ शसक्त बनाउन मातृभूमि फर्काउ अभियान अन्तर्गत यो कार्य शुरु गरिएको हो।

नेपाल फर्काउ  अभियानको सम्योजन गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष राम चन्द्र पोखरेलले गर्दै हुनुहुन्छ।

नेपाल जान चाहनुहुने महानुभाबहरुले आ आफ्नो नामावली निम्न फाराम मार्फत गैर आवासिय नेपाली संघ बेलायतलाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u

error: Content is protected !!
Back To Top