Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएन यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा हुने NRNAUK skip to Main Content
एनआरएन यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा हुने
एन आर एन यू केले बिधान अनुरुप हरेक दूइ बर्षमा गर्ने काउन्सिल बैठक यहि आगामी सेप्टेम्बर २९ २०१८ सनिवारका दिन अल्डरशट स्थित एम्पायर हलमा गर्ने भएको छ। बिहान ठिक ११.०० बजेदेखि सुरु हुने उक्त बैठकमा यू के स्थित समस्त नेपाली संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिब वा दूइजना प्रतिनिधि सभामा सहभागी हुने कुरा एन आर एन यू केका उपाध्यक्ष तथा  संघ संस्था बिभाग प्रमुख पुनम गुरुंगले बताइन।
उक्त सभा एन आर एन यू केको दूइ बर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण सभा भएकोले यू के स्थित समस्त नेपाली संघ संस्थाको दुरुस्त अध्याबधि सुरु भैसकेको छ भने कुनै कारणबस कुनै संस्था नछुटोस भन्नाका लागि संघ संस्था बिभाग प्रमुख एवं एन आर एन यू के का उपाध्यक्ष पुनम गुरुङको अध्यक्षतामा संघ संस्था बिभाग उपसमिति गठन भै सको मात्र नभई उक्त उपसमितिलाई दिशा निर्देशार्थ ३ जना सल्लाहाकार समेत मनोनित गरिएको कुरा उपसमिति सदस्य सचिव रोहित गुरुङले बताए भने उक्त उपसमितिमा अध्यक्ष एन आर एन यू केका उपाध्यक्ष पुनम गुरुङ, सदस्य सचिब रोहित गुरुङ, सदस्यहरु ज्योत्सना बस्नेत, मिलन गुरुङ र माधव श्रेष्ठ अनि सल्लाहाकारमा डा. चन्द्र लक्सम्वा, भक्त गुरुङ र जीव बेलबासे रहेका छन।
सभालाइ सफल एवं सार्थक बनाउन अहिलेदेखि नै काम सुरु भैसके पनि उपसमितिले विभिन्न माध्यमबाट संघ संस्थाको सम्पर्क फोन नम्बर, इमेल, अध्यक्ष तथा महासचिवको नाम आदि पत्ता लगाउन हरसम्भव कोशिस भैरहेको र यसलाई अझ  सहज बनाउन तपशिलका व्यक्तिको, फोन, इमेल आदिमा आफ्नो संस्थाको नाम, इमेल, अध्यक्ष र सचिवको नाम सम्पर्क इमेल, फोन नम्बर यथासक्य छिटो उपलब्ध गराइदिनुहुन श्रदेय समस्त यू के स्थित नेपाली संघ संस्थाका अध्यक्ष, उपाध्यक्ष, महा सचिब एवं सम्पूर्ण कार्यसमितिका सदस्य ज्यू हरुमा सिंगो एन आर एन यू केको तर्फबाट संघ संस्था बिभाग  उपसमितिले हार्दिक आव्हान गरेको छ।
सम्पर्कका लागि–
उपाध्यक्ष पुनम गुरुङ – ०७७२७१३५३७६, gurungchelesea@gmail.com
सदस्य सचिब रोहित गुरुङ – 07951477691,   rohit.gurung@yahoo.co.uk
error: Content is protected !!
Back To Top