Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
गैर-आवासीय नागरिकता पाउनेमा ढुक्क हुनुहोस – थप उपलब्धीको लागी हामी छौ NRNAUK skip to Main Content
गैर-आवासीय नागरिकता पाउनेमा ढुक्क हुनुहोस – थप उपलब्धीको लागी हामी छौ

नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपाल अधिराज्यको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तीको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिवार आयोजित एक बृहद अन्तरकृयालाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीहरुले नेपाली नागरिक सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिस्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने कुरामा जोड दिए। दस वर्ष पहिलेसम्म पनि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु नै एनआरएनलाई नागरिकता दिनेबारे अनुदार रहे पनि अहिले संविधानमै त्यसको व्यवस्था भएको उनले स्पष्ट पारे। “त्यस यता नारायणी नदीमा धेरै पानी बगीसकेको छ । त्यसैले आउँदा दस वर्षमा तपाईंहरुका अरु कैयौं मागहरु पनि अवश्य सम्बोधन हुनेछन्,” पोख्रेलले भने। ब्रिटिश सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नगरिकताको निरन्तरताको विषयमा उठेका प्रश्नहरुको जवाफ दिंदै सभापति पोख्रेलले गोर्खा सैनिकहरुले गर्दा नेपालको शिर ठाडो भएको बताए। “गोर्खा भूपू गोर्खा सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिंदा नेपाललाई कुनै नोक्सान हुने म देख्दिनं।

संविधान संशोधनको क्रममा भूपू गोर्खा सैनिकहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, छलफल गरौँ, ” पोख्रेलले भने। गैर-आवासीय नेपाली संघ को सुझाब जस्ताको तस्तै म र मेरै दलकका अर्का माननीय डा सूर्य पाठकले संशोधन दर्ता गराएको स्मरण गराउंदै त्यसले थप उपलब्धी मा सहयोग पुर्याएको सुझाए। एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनहरुको गैरआवासीय नेपाली नागरिकता सुरक्षित रहेको भन्दै त्यसबारे आशंका नगर्न आग्रह गरे। नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिन उनले आग्रह गरे । एनआरएनएका केन्द्रिय महासचिव डा हेमराज शर्माले एनआरएनएको स्थापना यता एनआरएन नेतृत्वले गरेको लगातार प्रयासका कारण मात्रै अहिलेको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताए। उनले नयाँ ऐनमा एनआरएनहरुले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएको बताउंदै यस बारे छलफल जारी रहेको बताए। “गैर आवासीय नेपाली नागरिकता तीन पुस्ता पछि के हुने भन्ने स्पष्ट छैन, त्यो कुरा कानूनमै स्पष्ट होस् भन्ने हाम्रो भनाइ छ,” शर्मा ले भने। लोकप्रियता भन्दा पनि पाएको अधिकारलाइ सुरक्षित गर्न जरुरी छ भन्दै महासचिव शर्माले गोर्खा र गैर- गोर्खा नभनेर संयुक्तरुपमा नागरिकता अभियानमा जुट्न आग्रह गरे। गोर्खाज सरोकार समितिका संयोजक अनररी लेफ्टिनेन्ट (री) चन्द्र बहादुर गुरुङले नेपाललाई संसारभरि चिनाउने प्रतिकको रुपमा रहेका गोर्खा सैनिकहरुलाई नेपाल सरकार र नेताहरुले बेवास्ता गरेको आरोप लगाए। सुगौली सन्धिको आधारमा नै गोर्खा सैनिकहरु बेलायत आएकाले उनिहरुको नेपाली नागरिकतालाइ निरन्तरता दिनु पर्ने उनले माग गरे। एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले एनआरएन नागरिकताको विषय ५०/६० लाख गैर आवासीय नेपालीहरुको सरोकारको विषय भएको बताउंदै अन्य देशहरुले जस्तै प्रत्येक २ बर्षमा सम्बन्धित देश नगए उस्को पिआर जसरी रद्ध हुन्छ – नेपाल सरकारले पनि सो लागू गरे अहिलेकै नागरिकता राख्दा पनि भरक नपर्ने र सो प्राबधानले नेपालमा राजश्वमा, लगानीमा, पर्यटनमा उल्लेख्य योगदान हुने बताईन । पूर्ब सेलेब्रेट्री नेताको सच्चा भावनाबाट सरकारी उच्च ओहदाका पदाधीकारीको पिआर खोस्ने अभियान लहडमा अन्यत्र मोडिदा त्यसको बहकाउमा नेताहरु समेत पर्नु भएको आक्रोस ब्यक्त गर्दै अध्यक्ष गुरुङले भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने अहिले समय आएको बताइन्। उनले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भए पछि बनेका सरकारहरु अनुदार रहेको भन्दै गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताका लागि एनआरएन युकेले सरोकारवालाहरुसंग पैरवी गरिरहेको बताइन्। एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको सभापति पोख्रेलले जवाफ दिएका थिए। कार्यक्रममा  यूरोप उप-संयोजक कृष्ण तिमिल्सीना तथा आईसीसी सदस्य तथा निती निर्माण समितिका संयोजक रामशरण सिमखडा, पूर्व अध्यक्ष्य  तथा सरक्षक सुर्य गुरुङ , सरक्षक  आईसीसी सदस्य  योग कुमार फगामी  तथा   उपाध्यक्षजहरु रोजीना प्रधान राई, सुनिल बाबू खड्का, रामचन्द्र पोख्रेल, सचिबहरु कृष्ण ढकाल, जीत रानाभाट, रंजिता मल्ल लगायत यूरोपका बभिन्न १७ देश तथा अमेरीका तथा मध्यपूर्बबाट समेत उल्लेख्य सहभागीता रहेको थियो ।

error: Content is protected !!
Back To Top