Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएन युके अध्यक्ष पुनम गुरूङद्वारा मिस नेपाल अनुष्कालाई बिजयको शुभकामना NRNAUK skip to Main Content
एनआरएन युके अध्यक्ष पुनम गुरूङद्वारा मिस नेपाल अनुष्कालाई बिजयको शुभकामना

 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ सहितको एक टोलीले शनिबार अनुष्का बसेको टावर ब्रीज नजिक होटलमा गै बिजयको शुभकामना दिनु भएको छ।

एनआरएनए यूके अध्यक्ष गुरुङले बेलायतमा रहेका समस्त नेपाली संघसंस्थाको प्रतिनिधित्व गर्दै संस्थाको लोगोअंकित मायाको चिनो, पुष्पगुच्छा र खादाले सम्मान गर्नु भयको हो। उहाले मीस नेपाल अनुष्कालाई सफलताको शुभकामना दिनु भयको छ । ‘Best Wishes अनुष्का’, पुनमले भन्नु भयको छ। ‘तपाईंको सहभागिताले समस्त नेपालीको इज्जत र सगरमाथा जस्तै छाती उठेको छ। यो प्रतियोगीताको उपाधि जितेर नेपाल र नेपालीको सान अझ उचाईंमा पुरयाएको देख्न-सुन्न हामी आतुर छौं पनि भन्नु भयको छ ।’

डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड  प्रतियोगितामा भाग लिन लण्डन आएकी नेपाली चेली अनुष्का श्रेष्ठलाई बेलायतका नेपालीहरूले पनि शुभकामना दिएका छन्। मिस नेपाल २०१९’ बिजेता अनुष्का श्रेष्ठलाई बेलायतमा बिजयको लागी शुभकामनाको ओइरो लागेको छ । मीस नेपाल अनुष्कालाई बेलायतमा बसोबास गरेका नेपालीहरूले भेटेर र म्यासेज गरेर शुभकामना दिइरहेका छन्।

अनुष्काले शुभकामना प्राप्त गरेपछि खुशी हुंदै नेपालीहरूलाईआभार व्यक्त गरेकी छन्। विदेशी भूमिमा नेपालीहरूको शुभेच्छाबाट आफ्नो आत्मबल झन् बढेको अनुष्काले बताएकी छन् र आफूलाई जिताउन सबै नेपालीसंग अपिल पनि गरेकी छन्।

आज मीस नेपाल २०१९ अनुष्कासंगको  सो भेटघाट कार्यक्रमको संयोजन महिला संयोजक प्रसुना कडेलले गरेकी हुन। पुनमका साथ एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेल, युवा समाजसेवी हेम गुरुङ, सञ्चारकर्मीहरु राजदीप राई, शंकर श्रेष्ठ लगायत सहभागी थिए। एनआरएनए यूकेले ग्रयाण्ड फिनाले अगाडि अनुष्काको “Best Wishes”’ कार्यक्रम गर्ने पनि गर्ने भएको छ ।

अनुष्का अहिले ‘ट्रेनिङ’ मा व्यस्त छिन् । एक्सेल लण्डनमा हुने प्रतिस्पर्धामा १२५ देशका सुन्दरीहरु लन्डन आइसकेको र ट्रेनिङमा ब्यस्त रहेको पाइएको छ। प्रतियोगीहरुबीच टप ३० मा छानिन मल्टिमिडिया, स्पोर्टस, ट्यालेन्ट, टप मोडल, ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी वीथ अ पर्पोज’ जस्ता विधामा प्रतिष्पर्धा भै रहेको छ ।

अनुष्काले मल्टिमिडिया अवार्डमा अनलाइन मत दिएर जिताइदिन सबैसंग अपिल गरेकी छन् । अवार्ड जित्न धेरै लाइक आवश्यक पर्छ, जसका लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न सकिनेछ । एक लाइक एक भोटको रुपमा गणना हुने आयोजकले जनाएका छन् ।

error: Content is protected !!
Back To Top