Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
प्रेस विज्ञप्ति :  भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा NRNAUK skip to Main Content
प्रेस विज्ञप्ति :  भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा

मिति : ११ नोभेम्बर २०१९

प्रेस विज्ञप्ति :  भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा

 

 भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको सवालमा  आई सी सीको स्पष्ट  आधिकारीक धारणा यस अघि नै सार्वजनिक भईसकेको छ ।

गैर आवासीय नेपाली संघ बेलायत समेत सिमाना जस्तो संबेदनशिल सवालमा भारत सरकारको एक तर्फीय रवैया र  बल मिच्याईको घोर भ्रत्सना र विरोध गर्दछ ।

संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरु जस्तै आम बेलायतवासी नेपालीहरु पनि यो घटनाले क्षुब्ध र स्तब्ध बनेका छन ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमति तथा  ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमले दुई देश बिचको सम्बन्धमा समेत असर पुग्न सक्ने हाम्रो ठहर छ  ।

 

नेपालको  सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा नेपाल सरकार, आम नेपाली नागरिक तथा सम्पूर्ण  गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने संघको  मान्यता अनुरुप गैर आवासीय नेपाली संघ बेलायत सरोकारवाला सबै संग यसको समाधानको निम्ति हार्दिक आव्हान गर्दछ  ।

भारत संगको सिमा विवाद समाधान गर्नको लागि तत्काल कुटनैतिक पहल शुरु गर्न गैर आवासीय नेपाली संघ बेलायत नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।

गैर आवासीय नेपाली संघ बेलायत नेपाल सरकारले सिमा रक्षा जस्तो अति नै संवेदनशील कुरामा देशको हितमा चाल्ने हर कदममा ऐकवद्दता प्रकट गर्दै आवश्यकताको बखत यो मुद्दाको अन्तर्राष्ट्रियकरण गर्ने सवालमा समेत हाम्रो सम्पूर्ण योगदान रहने कुराको प्रतिवद्दता समेत व्यक्त गर्दछ ।

 

आम बेलायतवासी नेपालीहरुको समेत  अत्यन्तै चासो र सरोकार रहेको  यो मामिलामा गैर आवासीय नेपाली संघ बेलायत यसको निष्कर्षमा नपुगुन्जेल सम्बन्धित निकायमा आफ्नो आवाज बुलन्द गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छ ।

 

धन्यवाद !

 

पुनम गुरुङ                                                                                            फडिन्द्र भट्टराई

अध्यक्ष                                                                                                  महासचिव

गैर आवासीय नेपाली संघ बेलायत

 

error: Content is protected !!
Back To Top