skip to Main Content
यस्ता छन् एनआरएनए युकेलाई सुधार्ने सल्लाहकारहरुको १० सुझाव
फार्नबोरो । एनआरएनए युकेका सल्लाहकारहरुले संस्थालाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनका लागि भन्दै विभिन्न १० वटा सुझाव दिएका छन् ।
गत आइतबार फेब्रुअरी १८ का दिन फार्नबोरोस्थित भिलेज होटलमा आयोजित सल्लाहकार परिषद् बैठकका सहभागी सल्लाहकारहरुले सो सुझाव दिइएको हो । एनआरएनए युकेले आवश्यक सल्लाह र सुझावका लागि २९३ जना सल्लाहकारहरुको यसअघि नै चयन गरेको थियो । धेरैजना सल्लाहकारहरुको चयन गरिएको विषयमा आचोलना समेत खेप्दै आएका एनआरएनए युकेले पहिलो पटक सल्लाहकार परिषद्को बैठक राखिएको हो । एनआरएनए युकेले सल्लाहकारहरुसँग आवश्यक सल्लाह र सुझाव लिने, सल्लाहकारबीच परिचय गर्ने र सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
सल्लाहकारले विभिन्न विषयमा केन्द्रित रहेर समूहगत रुपमा छलफल गरी कार्यसमितिलाई आवश्यक सल्लाह र सुझावहरु दिएका थिए । सुझावहरुलाई समष्टिगत गर्न नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर, संस्थापक अध्यक्ष नवीन पोखरेल र कोषाध्यक्ष पूर्ण गुरुङले टिप्पणीकारको भूमिका निभाएका थिए । कार्यक्रममा एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले एनआरएन युकेले गरिसकेका र आगामी योजनाहरुबारे पावर पोइन्ट प्रिजेन्टेसनमार्फत जानकारी दिएका थिए । सातौं कार्यसमितिले एनआरएनएको सदस्यता बढाउन आवश्यक पहल गर्न लागिएको, बेलायतका सबै भूगोललाई समेट्ने गरी क्षेत्रगत रुपमा सदस्यहरुको मनोनित गरिएको, विभिन्न पेसा/व्यवसाय र तह तप्काका व्यक्तिहरु कार्यसमितिमा रहेको बताउँदै आपूmहरु काम गर्न आतुर रहेकोले आवश्यक सहयोग गर्न आव्हान गरे । उनले एनआरएनले नारी दिवस, युथ ओपन डे र निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बताउँदै हालै गरिएको नदर आयरल्यान्डको भ्रमणकोबारेमा जानकारी  गराए । त्यस्तै उनले एनआरएनएलाई सबैको साझा संस्था बनाउनु पर्ने जोड दिँदै नेपाल हाउस, कार्यालयको स्थापना, अनलाईन भोटिङ्ग सिस्टमबारे जानकारी दिँदै नेपाललाई समृद्धि बनाउन हरसम्भव पहल गर्ने र आईसीसीले ल्याएका विभिन्न योजनाहरुलाई आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष एवं संरक्षक मुछेत्र गुरुङले आप्mनो कार्यकालमा सल्लाहकार परिषद्लाई विशेष समय दिन सकिएको बताउँदै अहिलेको कार्यसमितिलाई आवश्यक सल्लाह र सुझाव दिन अनुरोध गरे । त्यस्तै, पूर्वअध्यक्ष एवं संरक्षक योगेन क्षेत्रीले सुरक्षित लगानी र पारदर्शितामा जोड दिँदै को के बन्ने भन्नेमा भन्दा पनि के गर्न सकिन्छ भनेर लागेमा आफूहरुको भिजनले सफलता पाउने विश्वास व्यक्त गरे । पूर्वअध्यक्ष एवं संरक्षक सूर्य गुरुङले अहिलेको कार्यसमितिले व्यस्तताको बाबजुत पनि केही गरौं भनेर लागि रहेको बताउँदै भावी सन्ततीहरुलाई गौरव हुने खालका लङटर्म भिजनहरुलाई जोड दिनुपर्ने बताए ।
एनआरएनए आईसीसी सदस्य रामशरण सिम्खडाले एनआरएनएको मेघा प्राजेक्टको रुपमा रहेको लाप्राक र एनआरएनए भवनको बारेमा बोलेका थिए । एनआरएनए युकेका पूर्वअध्यक्ष एवं वर्तमान आईसीसी उपाध्यक्ष कुल आचार्यले एनआरएनएका परियोजनाहरुको बारेमा बताउँदै आपूmहरुले संस्थालाई अघि बढाउन विभिन्न टाक्स फोर्सहरुको गठन गरिएको जनाउँदै वर्तमान कार्यसमितिलाई आवश्यक सल्लाह र सुझाव दिन सल्लाहकारहरुलाई अनुरोध गरे ।
कार्यक्रममा ब्रिटिस सेनाको विशिष्ट पद लेप्टिनेन्ट कर्णेलमा पुग्न सफल भएका मेजर टोल खाम्चा र बेलायत भ्रमणमा रहेका अख्तियारका एसएसपी बसन्तकुमार पन्तलाई समेत खादा लगाई स्वागत गरिएको थियो ।
कार्यक्रममा गोविन्द बेल्वासेले नेपाली नागरिकताको विषयमा आपूmले नेपाल सरकारलाई हालेको मुद्दाको बारेमा बोलेका थिए भने उपाध्यक्ष प्रेम गाहा मगरले आगामी ३१ मार्चमा आयोजना गर्न लागिएको बक्सीङ्गसहितको च्यारिटी कार्यक्रमबारेमा बोलेका थिए । त्यस्तै, गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राईले गोर्खाहरुको जन्मसिद्ध अधिकार खत्तम हुन लागेकोमा चिन्ता व्यक्त गर्दै भूतपूर्व गोर्खाहरु चेपुवामा परेको जिकिर गरे ।
कार्यक्रममा सल्लाहकारहरुले आ–आप्mनो स्थानबाट परिचय दिएका थिए भने वर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरुले सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठीले बैठकको आवश्यकताबारे जानकारी गराउँदै सुरु भएको बैठकलाई एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले सभापतित्व गरेका थिए भने उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य र प्रवक्ता रमेश सराङ्गकोटीले  कार्यक्रम सञ्चालन गरेका थिए ।
एनआरएन युके सल्लाहकार परिषद् बैठकले दिएको १० बुँदे सुझाव
गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सल्लाहकार परिषद्को बैठक १८ फेब्रुअरी २०१९ फार्नब्रोस्थित भिलेज होटलमा अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा बस्यो । सो बैठकमा करिब दुई सय सल्लाहकारबाट विभिन्न सुझाव र सल्लाह संकलन गरियो । सो क्रममा सहभागीहरुबाट प्राप्त मुख्य सुझाव यस प्रकार छ ः
१. गोरखाहरुको समान पेन्सनसम्बन्धी मुद्दालाई कुटनीतिक हिसाबले पहल गरी यथाशक्य छिटो समाधान गर्न मद्दत गर्ने ।
२. एनआरएन युकेको शाखा विस्तार काउन्टीलाई आधार बनाइ गर्नुपर्ने र युकेका सबै नेपालीलाई समेट्ने गरी संगठन बिस्तार गर्नपर्ने । सबै नेपाली संस्थाका अध्यक्षलाई पदेन सल्लाहकार चयन गरी उनीहरुलाई सदस्यता वृद्धि गर्ने ।
३. नेपाल हाउस प्रोजेक्ट हाम्रो सन्ततिको गौरवको योजना भएकाले यसलाई अगाडि बढाउनुपर्ने । नेपाल हाउस योजनालाई वेभ साइटमार्फत प्रभावकारी सूचना दिने  र संचालनका स्थायी सचिवालय बनाउने ।
४. बेलायतका नेपाली समुदायमाझ र विशेषगरी वृद्धवृद्धाहरु माझ स्वास्थ्य चेतना फैल्याउने । नेपाल तथा बेलायतमा स्वास्थ्य शिविरहरु संचालन कार्यक्रम गर्ने ।
५. एनआरएन युकेले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने ।
६. महिला तथा युवाहरुलाई एनआरएनए युकेमा आवद्ध हुन उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्नेे । संस्थामा महिला प्रतिनिधित्व बढाउनुपर्ने । युवाहरुलाई शिक्षा र रोजगारका लागि कार्यक्रम ल्याउनुपर्ने ।
७. एनआरएन युकेलाई विद्युतीकरण गर्नुपर्ने । सदस्यता सधैँ खुला हुनुपर्ने र सदस्यता वितरण निर्वाचन हुनुभन्दा एक महिनाअघि बन्द गर्नुपर्ने ।
८. च्यारिटी कमिसनमा दर्ता भएका नेपाली संस्थाहरुलाई पदेन सदस्य कायम गर्ने
९. नेपाली नागरिकता बचाऔँ अभियानलाई सहयोग र ऐक्यवद्धता जनाउने
१०. युकेमा रहेका नेपालीले व्यक्तिगत र संस्थागत रुपमा नेपालमा शिक्षा स्वास्थ्य, पर्यटन क्षेत्रमा गरिरहेको सहयोगका बारेमा रेकर्ड राख्ने ।
 र्‍यापोटरहरु : नवीन पोखरेल, पूर्ण गुरुङ र नरेश खपांगीमगर
error: Content is protected !!
Back To Top